Home / Feature Breaking news / अस्ताए निष्ठावान नेता उपाध्याय

अस्ताए निष्ठावान नेता उपाध्याय

राप्ती सन्देश समाचारदाता
तुलसीपुर, १४ फागुन । स्वतन्त्रता सेनानी तथा शिक्षा प्रेमी दाङ निवासी ईश्वरी प्रसाद उपाध्यायको ९३ वर्षको उमेरमा आज निधन भएको छ ।साविकको डुरुवा गाविस गोठूवा हाल तुलसीपुर उपमहानगरपालिका १२ कचिला निवासि उपाध्याय काँग्रेसका पुराना निष्ठावान नेता हुनुहुन्छ ।
वि।सं।१९८१ मा जन्मीएका उपाध्यायले पंचायत कालमा १८ वर्ष सम्म साविक उरहरि गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । तत्कालिन शासकले काँग्रेस भएकै कारण उपाध्यायलाई वारम्वार अराष्ट्रिय तत्वभन्दै निशाना वनाउने गरेको थियो । तर पनि काँग्रेस प्रतिको निष्ठामा स्वर्गीय उपाध्याय आज पर्यन्त विचलित हुनुभएन ।
वन्गाउ स्थित माध्यामिक विद्यालयलाई १८ विगाहा जग्गादान गरेर त्यसभेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएका उपाध्यायले मावि उरहरिको स्थापना तथा वालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिकानिर्वाह गर्नुभएको थियो ।
वि।सं। २०१७ सालको जिल्ला अधिवेशनमा काँग्रेसको जिल्ला सभापतिका प्रत्यासी उपाध्यायलाई काँग्रेसका नेताहरु खुमवहादुर खड्का, वलदेवशर्मा मज्गैया, दीपकगिरी, रामकुमार शर्मा र शंकर गिरी लगाएतले राजनीतिक गुरुकै रुपमा हेर्नुहुन्थ्यो ।

काँग्रेस भित्रत्यागि र निष्ठावान पाका नेताका रुपमा रहनु भएका उपाध्यायका चार छोरा र एक छोरी हुनुहुन्छ ।
उतिवेला विपी कोइरालाका प्रियपात्र वलभद्र गिरीको सामिप्यमा काँग्रेसको संगठनात्मक विस्तारका लागि भूमिका खेल्नु भएका इश्वरी प्रसाद उपाध्याय पछिल्लो अवस्थामा काँग्रेसको पराजय पछि चिन्तीत हुनुहुन्थ्यो ।
सिद्धान्ततः काँग्रेस आमजनताको प्रिय राजनीतिक दलका रुपमा स्थापित रहेपनि सिमीत व्यक्तिको व्यक्तिगत लोभलालच, तथा नातावाद कृपावाद का कारण विकृत बनेकोमा उहाँको चिन्ताथियो । उपाध्यायको भोलि विहान १० बजे सितलपुर स्थित घाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यहरुले जनाएका छन् ।
यसै वीच उपाध्यायको निधन प्रति दाङ काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति कृतीवहादुर खड्काले विज्ञप्ती जारी गरि काँग्रेसले एक निष्ठावान धरोहर गुमाएको भन्दै उपाध्यायको निधन प्रति गहिरो दुःखव्यक्त गरिएको छ ।
पूर्व मन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य दिपक गिरिले एक शोक विज्ञप्ती मार्फत उपाध्यायको निधनमा गहिरो दुख व्यक्त गर्दै काँग्रेसले असल अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । यसैगरि काँग्रेस राष्ट्रिय सभा सदस्य नेता अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीवहादुर चौधरी, राजु खनाल लगाएतले शोक विज्ञप्ती मार्फत गहिरो शोक व्यक्तगर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*