Home / Feature Breaking news / चार दिनलाई प्रशासनबाट सेवा स्थगीत

चार दिनलाई प्रशासनबाट सेवा स्थगीत

दाङ,२६ बैशाख । स्थानीय तह निर्वाचनलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले चार दिनलाई विभिन्न सेवाहरु स्थगीत गरेको जनाएको छ ।

निर्वाचनको काममा कर्मचारीहरु खट्ने भएका कारण कार्यालयबाट प्राप्त हुने नागरिकताको प्रमाणपत्र, नावालक परिचयपत्र, राहदानीलगायतका सेवाहरु स्थगीत गरेको जानकारी दिएको हो ।

आइतवार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी गरिएको सूचनामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु स्थानीय तह निर्वाचन २०७९ का लागि विभिन्न मतदान केन्द्रमा खट्एिकाले कार्यालयबाट प्रदान गरिने नागरिकताको प्रमाणपत्र,नावालक परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्वन्धी कार्यहरु बैशाख २६ गतेदेखि २९ गतेसम्म चार दिनलाई स्थगीत गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*