Home / प्रदेश समाचार / राज्यले नागरिकको अभिभावको भूमिका निर्वाह गर्नुपर्छ : अध्यक्ष पोख्रेल

राज्यले नागरिकको अभिभावको भूमिका निर्वाह गर्नुपर्छ : अध्यक्ष पोख्रेल

दाङ, २२ माघ । नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले राज्यले नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चुजी फाउण्डेसनको सहयोग तथा प्रजातान्त्रिक थारु समाज दाङ र थारु कलाकार मञ्च दाङको समन्वयमा विपन्न परिवारलाई न्यानो कपडा वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राज्यले ध्यान दिन नसकेको अवस्थामा समाजले पनि राज्यलाई मार्ग निर्देशक गर्न सुझाव दिनुपर्ने उनले बताए । राज्यले नागरिकप्रति जिम्मेवारी बहन गराउन सहयोग मिल्ने उनको भनाइ छ । समाजबाट स–साना काम गरेर पनि राज्यलाई सहयोग गर्न सकिने पोख्रेल बताउँछन् । नागरिकले आफ्नो स्वास्थ्यप्रति ध्यान दिनु सक्नुपर्ने बताए । अहिलेको चिसोबाट बच्न समेत उनले आग्रह गरे ।

चिसोमा ध्यान दिन नसक्दा धेरै रोगको संक्रमण हुने भएकाले यसबाट बच्नुपर्ने उनले बताए । गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको व्लाङ्केटले न्यानो बनाउन सहयोग पुग्ने पोख्रेलले विश्वास व्यक्त गरे । ‘आफ्नो स्वास्थ्यप्रति आफै सचेत हुनुपर्दछ’, उनले भने– ‘स्वस्थ नागरिक भएमात्र समाज र देशका लागि काम गर्न सकिन्छ ।’

कार्यक्रममा ब्लाङ्केट प्राप्त गरेपछि आफूहरुलाई चिसोबाट बचाउन सहयोग पुग्ने निमादेवी घर्तीले बताइन् । गरिव तथा विपन्न परिवारका लागि यसले धेरै सहयोग पुग्ने उनको भनाइ रहेको छ । ‘ब्लाङ्केट किन्न नसक्नेहरुलाई यसले धेरै सहयोग पुग्नेछ’, उनले भनिन् । कार्यक्रममा पत्रकार जेएन सागर, प्रजातान्त्रिक थारु समाज दाङका अध्यक्ष लक्ष्मीमान चौधरीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा २१ जना गरिब तथा विपन्न परिवारलाई ब्लाङ्केट प्रदान गरिएको थियो । कार्यक्रम थारु कलाकार मञ्चका जिल्ला अध्यक्ष शालिकराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण प्रजातान्त्रिक थारु समाज दाङका महासचिव इन्द्र चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*