Home / Feature Breaking news / निशुल्क औषधिका साथ चिकित्सको टोली समुदायमा

निशुल्क औषधिका साथ चिकित्सको टोली समुदायमा

दाङ,२४ जेठ । समुदायमा कोरोना सक्रमन बढेर महामारीको रुप लिन सुरु गरे पछि संघ सस्थाहरु पनि रोकथाम,नियन्त्रण र उपचारमा खटिएका छ्न । स्थानीय सरकारले मात्र कोरोना भाइरसको नियन्त्रण रोकथाम र उपचार गर्न एक्लै नसक्ने देखेपछि बेस नेपाल जस्ता विभिन्न संघ सस्था समुदायमा पुगि उपचार र सचेतनामा जुटेका हुन ।

चिकित्ससहितको ६ सदस्यीय स्वास्थ्कर्मीको टोलीले गत जेठ १३ गतेदेखि बेस नेपालले खटाएको छ । नि शुल्क उपचार,औषधि उपलब्धता,मनोपरामर्श समेत उपलब्ध गराउने गरेको उक्त संस्थाले जनाएको छ । हाल तुलसीपुर उपमहानगरपालिका, ववईगाँउपालिका र शान्तिनगर गाँउपालिकाका बिभिन्न वडामा पुगि कोरोना भाईरस लक्षन देखिएका ब्यक्तिको घरमै पुगि चेक जाँच, औषधि र परामर्श सेवा दिदै आएको संस्थाका अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिएका छन् । उनका अनुसार घुम्ति शिविर दाङका १० वटै पालिकामा सञ्चालन गरिने छ । गत जेठ १३ गतेदेखि घुम्ति शिबिर सञ्चालन गरिएको हो ।

स्थानीय तहको समन्वयमा घुम्ति शिबिर प्रभाबकारि बन्दै गएकाले अझै केही दिन शिविर सञ्चालन हुने बेस नेपालका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले जानकारी दिएका छन् । झण्डै दुई हप्ताको अवधिमा डाक्टर राजीब झा नेतृत्वको स्वास्थकर्मीको टोलीले महिला ६३६ र पुरुष ४६० गरि दाङमा १०९६ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

सबैभन्दा बढी थारु समूदाय रहेका छन् । थारु समुदायका ५९९,बाह्माण क्षेत्री २८६,दलित ९६,जनजाति ८७ र अन्य २८ जना रहेका छन् । २० बर्ष उमहेर समुहका २५४,५० बर्ष सम्मका ३०१,२०देखि ५० बर्ष सम्मका ५४१ रहेका छन् । त्यस्तै,पीसिआर टेष्ट ४६ गरिएको मध्ये पोजेटिभ ३७,एन्टीजेन्ट टेष्ट १९७ र पोजेटिभ हुनेको संख्या ४९,लक्ष्यण देखिएका ८१९,औषधि उपलब्ध ६८४ । ३ जनालाई थप उपचारका लागि रिफर गरिएको डाक्टर झाले जानकारी दिए । बबई गाँउपालिका,शान्तिनगर गाँउपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडामा घुम्तिशिबिर सञ्चालन गरिएको छ ।

महामारीको यो अबस्थामा बेस नेपालले गाउँ टोल बस्तीमा स्वास्थकर्मीलाई खटाई निशुल्क स्वास्थ जाँच, उपचार, औषधि र मनोपरामर्श दिदा स्थानीय खुशी भएका पुष्पराज बुढाथोकीले बताएका छन् । चिकित्सक सहितको टोली गाउँ बति टोलमा पुग्दा सबभन्दा बढी बिपन्न, दलित, थारु समुदाय लाभान्वित भएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*