Home / Feature Breaking news / जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन

जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन

हिमाल महरा
घोराही, १५ माघ ।

दोस्रो जिल्लास्तरीय अल्फा तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो दोजाङ घोराही टिम च्याम्पियन बनेको छ ।

दुई दिन घोराहीमा चलेको जिल्लास्तरीय प्रतियोगितामा २० टिमलाई पछि पार्दै आयोजक अल्फा तेक्वान्दो डोजाङको टिम ३१ पदकसहित च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको अल्फाले प्रतियोगितामा १४ स्वर्ण, ८ रजत र ९ काश्य गरि प्रतियोगितामा ३१ पदकसहित अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अल्फा डोजाङले ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । अल्फा गतबर्ष भएको प्रथम जिल्लास्तरीय प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।

त्यसैगरी प्रतियोगितामा नारायणपुर तेक्वान्दो दोजाङ दोस्रो भएको छ । प्रतियोगितामा दोश्रो बनेको नारायणपुरले ५ स्वर्ण, १ रजत र ६ काश्यसहित जम्मा १२ पदक जित्न सफल भएको थियो ।

त्यसैगरी प्रतियोगितामा आइबिएस तेक्वान्दो डोजाङ तुलसीपुर ५ पदकसहित तेश्रो भएको छ । प्रतियोगितामा आईबिएसले ३ स्वर्ण र २ रजतसहित ५ पदक जित्न सफल भएको आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराहीकी प्रमुख सुनिता विष्टले जानकारी दिएकी छिन् ।

२० टिमका ३ सय ५० बढी खेलाडीहरुले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । जसमा पुरूषतर्फको खेलमा ११ तौल समूह र महिलातर्फ ९ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक अल्फ तेक्वान्दो डोजाङका अनुसार पुरुष खेलाडीहरुले २०, २३, २६, २९, ३२, ३५, ३८, ४१, ४५, ४९, ५१ केजी तौल समूह र महिला खेलाडीले २२, २५, २८, ३१, ३५, ३९, ४३, ४६ र ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा पुरुष खेलाडीतर्फ नारायणपुर तेक्वान्दो दोजाङका २३ केजी समूहमा प्रतिष्पर्धा गरेका रिदम राम्जाली मगर र महिलातर्फ २८ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी आयोजक अल्फा तेक्वान्दो दोजाङकी अस्मिता बुढामगर उत्कृष्ठ फाइटरका रुपमा घोषित भएका थिए । प्रतियोगिता न्यू मोडेल तेक्वान्दो डोजाङ नारायणपुर अनुसाहित टिमका रुपमा सम्मानित भएको थियो ।

जिल्लामा खेलकुदको विकाससँगै नयाँ खेलाडीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बिजेता खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता घोराहीस्थीत कवर्ड हलको प्राङगणमा माघ १३ र १४ गते भएको प्रतियोगिताको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*