काठमाडौं, ८ चैत
श्री एयरलाइन्सले सरकारले तोकेकोभन्दा कम भाडामा यात्रुलाई सेवा दिने घोषणा गरेको छ।
उसले केही दिनका लागि यात्रुहरूलाई यस्तो सेवा दिन लागेको बताएको हो।
एक प्रेस विज्ञप्ति जारी गर्दै उसले यस्तो घोषणा गरेको हो।
दुई दिन लागि यात्रुलाई यो सुविधा दिने घोषणा गरेको श्री एयरलाइन्सले कोरोनाको त्रास कारण काठमाडौंबाट बाहिर जाने यात्रुहरूको अत्यधिक चापलाई ध्यानमा राख्दै काठमाडौं आउने यात्रुको संख्या अति कम भए पनि नेपाल सरकारले स्वीकृत गरेभन्दा कममा उडाउन लागेको बताएको छ।
‘सरकारले काठमाडौं भद्रपुरको ९ हजार तय गरेको छ। तर, श्रीले अधिकतम ७ हजार ४ सयमै उडाउने छ। त्यसैगरी, सरकारले तोकेको काठमाडौं विराटनगरको भाडा ७ हजार ५ सय रुपैयाँ छ। तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजान्छ। जनकपुरको भाडा ४ हजार २ सय रुपैयाँ छ। श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने भएको छ। सरकारले सिमराको भाडा ३ हजार तोकेको छ’, श्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘देश अप्ठयारोमा परेका बेला सबैले मिलेर सामना गर्नुपर्छ। हामीले सरकारले तोकेको भाडादर भन्दा पनि कम मूल्य लिएर यात्रुलाई सेवा दिने घोषणा गरेका छौं,’ श्री एयरलाइन्सका प्रवन्धक मानन्धरले भने।
श्रीले तोकेको भाडादर निम्नानुसार छः

RaptiSandesh RaptiSandesh