दाङ,६ चैत । घोराही–तुलसीपुरमा सडक खण्डमा पर्ने पत्रे खोलाको पुल निर्माण प्रकृयाले गती पाउने भएको छ । यो खोलामा निर्माण हुने पुलको डिजाईनको प्रकृया चलिरहेकाले डिजाईनले पूर्णता पाए निर्माण कामले गती लिने जनाईएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार अहिले यो खोलामा निर्माण हुने पुलको डिजाईनको प्रकृया चलिरहेको छ । ‘ पुल निर्माणका लागि डिजाईनको काम भैरहेको छ,’ डिभिजन सडक प्रमुख निरज शाक्यले भने,‘यसको डिजाईनले पूर्णता पाउनासाथ कामले गती लिने छ ।’ उनका अनुसार निर्माण कम्पनीसंग पनि यसबारेमा कुराकानी भैरहेको र डिजाईनले पूर्णता पाउनासाथ निर्माण कम्पनी पनि काममा लाग्ने छ ।
‘विगतमा के के भयो त्यो मलाई थाहा भएन,तर अब भने डिजाईनले पूर्णता पाउनासाथ निर्माणको कामले गती लिने छ,’,उनले भने,‘निर्माण कम्पनी पनि डिजाईन पाउनासाथ फिल्डमा खटिने छ,कम्पनिले पनि निर्माणको कामलाई गती दिने जनाई सकेको छ ।’
निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पनि यसअघि डिजाईनकै काममा देखिएको अन्यौलताले काममा ढिलाई भएको बताएको छ । अबको नयाँ डिजाईन आउनासाथ आँफूले पुल निर्माणको कामलाई तिब्र रुपमा गती दिने कम्पनीले जनाएको छ ।
RaptiSandesh RaptiSandesh