Home / खेलकुद / नेशनल युथ बक्सिङ : अनिललाई स्वर्ण, सुरजलाई रजत पदक

नेशनल युथ बक्सिङ : अनिललाई स्वर्ण, सुरजलाई रजत पदक

लक्ष्मण बस्नेत
दाङ,२० कार्तिक । काठमाडौमा भएको नेशनल युथ बक्सिङ च्यापियनसिपमा दाङका अनिल कुमार पुन मगरले स्वर्ण पदक हात पारेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा रास्ट्रीय खेलकुद परिषद सहयोगमा संचालित फष्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पियनसिप प्रतियोगितामा अनिलले स्वर्ण पदक हात पारेका हुन । ६० केजी तौल समूहमा बाँके जिल्लाका ईन्द्र सुनारलाई फाईनलमा पराजित गर्दै अनिलले बुधवार स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै ४९ केजी तौल समूहको खेलमा नक्साल बक्सिङ क्लबका खान अलिसंग फाईनलमा पराजित दाङका सुरज वलीले भने सम्मानजनक हार ब्यहोर्दै रजत पदकमा चित्त बुझाउन बाध्य भए । कार्तिक १६ गतेदेखि संचालित नेशनल युथ बक्सिङ च्याम्पियनसिपमा दाङ जिल्लाले पुरुषतर्फ ४९, ५२, ५६, ६० र ७५ केजी तौल समूह र महिला तर्फ ४८ केजी तौलमा खेलाडी सहभागीता रहेको थियो ।

जसमा दाङले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक हात पार्न सफल भएको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*