दाङ,५ कार्तिक । दाङमा कुखुरापालक किसान र कुराको बच्चा तथा दाना उपलव्ध गराउने सप्लायर्सका विच बिबाद द्धन्द्ध बढ्दै गएको छ । जसका कारण बोइलर कुखुरापालक किसानहरु बोइलर कुखुरा पालन व्यवसाय नै ठप्प पार्नेसम्मको चेतावनी दिएका छन ।
बोइलर कुखुरापालक किसानको साझा सस्था किसान सरोकार मञ्च दाङले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि सप्लायर्सहरुले किसानको समस्या समाधानमा ध्यान नदिए यहि कार्तिकको १२ गतेदेखि अनिश्चित कालसम्मका लागि बोइलर कुखुराको बच्चाहरुको माग नगर्ने मञ्चका अध्यक्ष बिष्णुप्रसाद नेपालीले बताए । ‘बोइलर बच्चा र दानाको अस्वभाविक रुपमा मुल्यवृद्धि भैइरहने तर त्यही बच्चा र दानाबाट उत्पादिन बोइलर कुखुराको मुल्यवृद्धि नहुने’,अध्यक्ष नेपालीले भने,‘यो सप्लायर्स व्यवसायीहरुको दादागिरी हो ।’ यसैका विरुद्धमा कुखुरा पालक किसानहरु अहिले आन्दोलनमा रहेको बताए ।
संघले बोइलर बच्चा र दानाको मुल्यवृद्धिसँगै तयारी कुखुराको मुल्यमा बृद्धि हुनुपर्ने, ५ देखि७ हप्ताभित्रमा किसानले तयार गरेका कुखुराहरु सप्लायर्सले उठाउनुपर्ने,किसानले पाउनुपर्ने रकम ततकाल सप्लायर्सले उपलव्ध गराउनुपर्ने,मुल्य निर्धारण गर्दा किसान र सप्लायर्सविचमा आपसी सम्झदारीबाट हुनुपर्ने समेत माग गरेको छ ।
त्यसै गरि दाना,बच्चा र तयारी कुखुराको मुल्य दैनिक सञ्चारका मिडियाबाट सार्वजनिक हुनुपर्ने, बच्चा तथा दाना गुणस्तरिय हुनुपर्ने, संवेदनशिल कुखुरालाई सप्लायर्सले पहिलो प्राथमिकतामा राख्नुपर्ने किसान सरोकार मञ्च घोराहीका अध्यक्ष प्रकाश नेपालीले बताए । बोइलर कुखुराको बच्चा र दानाका मुल्यवृद्धि भईररहने तर त्यहीबाट उत्पादन भएको तयारी कुखुराको मुल्य बृद्धि नहुदा जिल्लाका किसानहरु समस्यामा रहेको समेत नेपालीले बताए । अहिले जिल्लामा १७ सयदेखि दुई हजारसम्म कुुखुरापालक किसानहरु रहेका छन । जस मध्य मञ्चको सम्पर्कमा करिव एक हजार किसानहरु रहेका छन ।
RaptiSandesh RaptiSandesh