Home / Feature Breaking news / मुड अफ किन हुन्छ र कसरी गर्ने मुड फ्रेस ?

मुड अफ किन हुन्छ र कसरी गर्ने मुड फ्रेस ?

मानिसको मुड सधै एकैनासको हुदैन । जसरी मौसम फेरबदल भइरहन्छ त्यसरी नै मानिसको मन पनि मौसम जस्तै परिवर्तन भइरहन्छ । मानिस कहिले कुन मुडमा हुन्छ त कहिले कुन मुडमा । जब मानिसको मुड फ्रेस हुन्छ त्यो बेला उ आनन्दित हुन्छ भने मुड अफ भएको बेला निराश या त दुखी देखिन्छ ।

कहिलेकाहि हामी मेरो आज मुड अफ छ, कसैसँग बोल्न, हिड्न, काम गर्न मन नै छैन भन्ने गछौ । छोटो समयकोलागि केही मिनेट, केही घन्टा मुड अफ खराब हुन्छ । त्यो सामान्य कुरा हो तर लामो समयसम्म मुडअफ भई हाम्रो दैनिकीलाई नै असर पुर्याउछ भने यो डिप्रेशन, एन्जाइटी, मुड डिसअर्डर सम्बन्धी मानसिक रोगको कारणले गर्दा भएको हुन सक्छ ।

मुड अफ ठ्याक्कै यहि कारणले हुन्छ भन्न सकिदैन तर यसका केही कारणहरु निम्न रहेका छन्– शारिरीक थकान, शारीरिक रोग, कसैसँग झगडा पर्दा, कुनै कुराको तनाव पर्दा, आफुले सोचेको जस्तो नहुदा, कामको बढि प्रेुसर हुदा, कसैको गाली गलौजले, खराब मौसम, हर्मोनमा परिवर्तन आउदा, महिलाहरु महिनावारी हुँदा, गर्भवती हुँदा, निन्द्रा नपुग्दा, दुखद् खबर सुन्दा, माया ममता नपाउदा, प्रेममा खटपटी आउँदा, सम्बन्ध बिग्रदा, बुलिङको कारणले पनि मुड अफ हुन्छ ।

मुड अफ भएको बेलामा रिस उठ्ने, निराश हुने, कसैसँग बोल्न मन नलाग्ने, थकान महशुस हुने, ध्यान केन्द्रीत गर्न नसक्ने, छिटो बिर्सने, दुखी हुने, चिन्तित देखिने, पिर गर्ने, झर्को मान्ने, दिक्क मान्ने, मन आत्तिने, छटपटि हुने, भोक नलाग्ने या धेरै भोक लाग्ने, आत्मबल कमजोर हुने, निन्द्रा नपर्ने, काम गर्ने जागर नै नलाग्ने आदि समस्या देखिन सक्छन । मुड अफले गर्दा मानिसको सोचाई, विचार, व्यवहार र काममा समेत असर गर्छ ।

मुड अफ हुदा के के गर्ने ?

१) मनलाई शान्त बनाउने क्रियाकलाप गर्ने,

२) पानी प्रशस्त पिउने,

३) श्वास प्रश्वास अभ्यास गर्ने, लामो गहिरो श्वास लिने र छोड्ने,

४) आफनो स्व हेरचाह गर्ने,

५) रमाइलो आफुलाई मन पर्ने गीत संगीत सुन्ने, नाच्ने, बाहिरी वातावरणमा घुमफिर गर्ने,

६) ध्यान योगा माइन्ड फुलनेस अभ्यास गर्ने,

७) मुड अफ बनाउने व्यक्ति, समय, घटना र परिस्थितिबाट केही समय टाढा रहने,

८) धेरै तनाबले गर्दा हाम्रो मुड अफ हुने हुदा तनाब हुने क्रियाकलापबाट टाढा रहने र आराम गर्ने, फ्रेस हुनका लागि घुमफिर गर्न जाने,

९) मुड अफ हँुदा मनलाई आनन्द पार्नका लागि फिल्म हेर्ने, रमाइलो जोक्सहरु पढने, साथीभाईसँग भेटघाट गर्ने कुराकानी गर्ने घुम्न जाने,

१०) मुड अफ भएको बेलामा कफी, चिया चकलेट खानाले पनि मुड फ्रेस गर्छ

११) मुड अफ भएको वेला शान्त रहने,आराम गर्ने,पोषिलो खानेकुरा खाने,

१२) मुड अफ भएको वेला महत्वपुर्ण खालको निर्णय नलिने,

१३) मुड अफ भयो भनेर फे्रस गर्नका लागि भनेर जाड रक्सीको सेवन नगर्ने

सानो सानो कुरामा चिन्ता लिने, धेरै सोच्ने बानी हटाउनुपर्छ र कुनै समस्या आइहालेमा समस्या समाधानका लागि मनोविमर्शकर्ता, मनोविद् या विशेषज्ञको मद्दत लिनुपर्छ ।

लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्रमा कार्यरत मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*