Home / Feature Breaking news / वादी समुदायमा न्यानो कपडा वितरण (तस्वीरहरु)

वादी समुदायमा न्यानो कपडा वितरण (तस्वीरहरु)

घोराही, ११ पुस

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले घोराही उपमहानगरपालिकाभित्रका वादी समुदायमा न्यानो कपडा वितरण गरेको छ ।

केन्द्रको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १५ को वादी बस्तीका बालबालिका र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रम अन्तरगत घोराही उपमहानगर १३ को दुर्गा भवानी टोल र घोराही उपमहानगरपालिका १५ को सिर्जनशील टोलका १ सय ४० बालबालिका र ५५ जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

‘विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत वादी बस्ती रहेको दुर्गा भवानी टोल र सिर्जनशील टोललाई न्यानो कपडा सहयोग वितरण गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले जानकारी दिनुभयो । ६ लाख बढिको न्यानो कपडाहरु सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । वादी समुदायका बालबालिका, अपांग भएका व्यक्ती र जेष्ठ नागरिकहरु चिसोमा उच्च जोखीमा रहेकाले न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

‘वादी समुदाय जोखीममा रहेको समुदाय हो । जुन समुदायका बालबालिका र जेष्ठ नागरिकहरु जाडोमा समयमा उच्च जोखीममा रहेकाले हामीले न्यानो कपडा सहयोग गरेका हौँ’ योगीले भन्नुभयो–‘यस पटक हामीले करिब २ सय बालबालिका र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेका छौँ ।’

हेल्प नेपाल नेटवर्क र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा न्यानो कपडा सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा ६ लाख बराबरको न्यानो कपडा वितरण गरिएको योगीले जानकारी दिनुभयो ।

कपडा वितरण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्यहरु कृष्णा राना र दुर्गा नेपालीको उपस्थिति रहेको थियो ।

यसैबीच दुर्गा भवानी टोल घोराही उपमहानगरपालिका १३ मा ‘विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत बालबालिका र जेष्ठ नागरिकहरुलाई ६५ हजार बराबरको पौष्ट्रिक आहार र १० हजार बराबरको स्नेशनरी सहयोग गरेको छ ।

थप तस्वीरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*