Home / Feature Breaking news / दाङ क्षेत्र नं ३ मा गठबन्धनको साझा प्रतिवद्धतापत्र सार्वजनिक, टरिगाउँ एयरपोर्टको स्तरउन्नतीदेखि निशुल्क शिक्षासम्मका एजेण्डाहरु

दाङ क्षेत्र नं ३ मा गठबन्धनको साझा प्रतिवद्धतापत्र सार्वजनिक, टरिगाउँ एयरपोर्टको स्तरउन्नतीदेखि निशुल्क शिक्षासम्मका एजेण्डाहरु

दाङ,१६ कार्तिक ।

दाङ क्षेंत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले टरिगाउँ एयरपोर्टको स्तरउन्नती गर्नेदेखि आफ्नो क्षेत्रमा माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

मंसिर ४ गते हुन थालेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विहिवार तुलसीपुरमा सत्ता गठबन्धनको साझा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गठबन्धनका उम्मेदवारले तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तरउन्नती गर्दै एटिआर–७२ बिमानको उडान गर्न सक्ने क्षमता बनाउने प्रतिवद्धता गरेका छन् ।

त्यसैगरी दंगीशरण साइकिल सर्किट निर्माण गर्ने र यसका लागि धारपानी–सितलपुर,दंगीशरण–सुकैरा,चखौरादेखि पुरन्धारा छहरा जोड्ने दामोदर सडकलाई प्रवद्र्धन गर्ने, माध्यामिक तह तथा प्राविधिक शिक्षा निशुल्क गराउने, पश्चिम क्षेत्रलाई आधार मानेर प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिर्दै एक मेडिकल कलेज स्थापना गर्ने, दाङ वृह्त सिचाई परियोजनालाई अझ व्यवस्थीत गर्दै बाध, बबई लिपटिङ,डिपबोरिङ,स्यालो ट्युबेलको व्यवस्था गर्नेलगायतका योजनाहरु प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन् ।

प्रतिवद्धतापत्रमा हाल जिल्ला तहमा रहेका भूमि व्यवस्था आयोगमाफर्त स्थानीय तहमा रहेको सुकुम्वासी,हरुवा,चरुवा,मुक्त कमैया,कम्लहरी र भूमिहिनको पहिचान गरि भूमि वितरणका लागि लापूर्जा वितरणलाई प्रभावकारी बनाउने, एक वडा एक उद्यमशीलता विकास गरी युवाहरुलाई सहुलियत कर्जा उपलव्ध गर्ने,लुम्विनी प्रदेशस्तरीय कलकारखानाको व्यवस्था गरी युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका एजेण्डाहरु समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै संघीयताको कार्यान्वयन, गरिबी निवारण, जलवायु परिवर्तन वातावरण संरक्षण एवम् विपद व्यवस्थापन, शिक्षा, सिँचाइ, कृषि र पशुपालन, किसान कल्याणकारी, पशु विकास, सूचना तथा सञ्चारको विकास, युवा तथा खेलकुद, पर्यटन विकास, भौतिक पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको विकास, महिला दलित, भौगोलिक विकटता, समावेशी एवम् सशक्तीकरण, भूमि सुधार एवम् सुकुम्बासी व्यवस्थापन, पिछडिएको समाज वर्ग एवम् समुदायको उत्थान, उर्जा तथा जल प्रवर्द्धन, सुशासन, सहिद, द्वन्द्वपीडित व्यवस्थापन र युवा उद्यमशीलतामा काम गर्ने गरि १६ पृष्ठको साझा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षमा भएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा क्षेत्र नं। ३ का गठबन्धनका उम्मेदवार दीपक गिरीले राष्ट्र, संविधान र लोकतन्त्र बचाउनका लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको भन्दै गठबन्धनका उम्मेदवारलाई बिजय गराउनका लागि मतदातालाई आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता गिरीले दाङको विकासका लागि विगतदेखि नै आफुहरु इमानदारिताका साथ लागेको भन्दै भोलिका दिनहरुमा पनि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । सडक,सिचाइ,कुलो,शिक्षा,स्वास्थलगायतका विकासका कामहरु आफु मन्त्री भएको छोटो समयमा धेरै गरेको भन्दै उनले यस पटक जनताले विश्वास गरेर जिताएर जनतालाई पछुतो नहुने गरि दाङको विकासका लागि काम गर्ने बताएका हुन ।

पूर्वमन्त्री समेत रहेका गिरीले दाङको ५३ हजार हेक्टर सिचाइका लागि आफु मन्त्री भएको समयमा बृहत दाङ सिचाईको योजना सुरुवात गरेको बताए । उनले पेटी ठेकेदारकै कारण जिल्लाको मुख्य घोराही तुलसीपुर फोरलेन सडक अलपल पार्ने काम गरेपनि त्यसबाट बच्नका लागि विपक्षीहरुले अनेक जालझेलको काम गरेर प्रचार गर्ने गरेको आरोप लगाएका थिए ।

‘घोराही–तुलसीपुर फोरलेन सडकको मुख्य ठेकेदार इण्डियन हो । त्यसको पेटी ठेकेदार बनेर काम गर्ने र सडक अलपत्र पार्ने काम कस्ले गरेको हो । त्यो जनताले थाहा पाईसकेका छन्’,उम्मेदवार गिरीले भने,‘झुटको प्रचार गरेर कसैले पत्याउने छैनन् ।’

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसमा केन्द्रीय सदस्य गेहेन्द्र गिरी, क्षेत्र नं ३ (१)का प्रदेश उम्मेदवार डिल्लीबहादुर चौधरीले दाङमा चार दलबीचको गठबन्धनका उम्मेदवार चढेको डुंगा पार गराउने कि दुर्घटनामा पार्ने सबै जिम्मेवारी मतदाताको हातमा रहेको बताए ।

चार दलका साझा उम्मेदवार चढेको डुंगा डुबेमा आफु मात्रै नभई देश पनि दुर्घटनामा पर्ने हुँदा डुंगा पार गराउँदै संविधानको रक्षा गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए । उनले आफुले प्रदेश सरकारकातर्फबाट दाङको समृद्धिका लागि धेरै काम गरेको समेत बताए ।

क्षेत्र नं ३  (२)का उम्मेदवार धनबहादुर मास्कीले लामो समयको संघर्षपछिको प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए । उनले उपलव्धी रक्षासँगै पश्चिम दाङको विकासका लागि गठबन्धनका उम्मेदवारहरुले निर्वाचन जित्न आवश्यक रहेको बताएका थिए । विगत लामो समयदेखि पश्चिमको विकासका लागि कांग्रेस र माओवादीले पहल गरेको भन्दै अवको विकासका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जनताले निर्वाचन जिताउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगी, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, माओवादी केन्द्रका नेता कुबेर वली, राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारी, नेपाली कांग्रेसका नेता तथा निवर्तमान लुम्विनी प्रदेशसभा सस्इ नेता शंकर गिरी, एकीकृत समाजबादीका दाङ जिल्ला इन्चार्ज जोगबहादुर रानालगायतले पाँच दलित गठबन्धनभित्र भएका बिमतीलाई भुलेर राष्ट,संबिधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।

उनीहरुले अहिलेको देशको आवश्यकता अनुसार गठबन्धन निर्माण भएको भन्दै गठबन्धनलाई जिताउनका लागि विगतमा भएका तिता कुराहरु भुलेर लाग्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले अहिलेको निर्वाचन हारजितका लागि मात्रै नभएर ंप्रतिगामण र अग्रमण पक्षधरहरुको लडाई भएकाले जनताहरुलाई अग्रगमणको पक्षमा जुट्न आग्रह गरेका थिए ।

कार्यक्रममा सत्ता गठबन्धनको प्रतिवद्धता पत्रमा भएका एजेण्डाका बारेमा नहकुल केसीले प्रकाश पारेका थिए । उनले साझा प्रतिवद्धता पत्रमा संघियता र संबिधानको रक्षाका साथै शिक्षा,स्वास्थ,खेलकुद, कृषिको बिकास र युवाहरुलाई रोजगारीका लागि स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिनेलगायतका एजेण्डाहरु रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण माओवादीका िभीमबहादुर वलीले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*