Home / Feature Breaking news / ०६४ पछिका अर्थमन्त्री : जो चुनावी मैदानबाट बाहिरिए

०६४ पछिका अर्थमन्त्री : जो चुनावी मैदानबाट बाहिरिए

आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । तर, कतिपय शीर्ष नेताहरू भने चुनावी मैदानबाट नै बाहिरिएका छन् ।

यसरी चुनावी मैदानबाट बाहिरिनेमा पूर्वअर्थमन्त्री छन् । कतिपयले स्वच्छाले चुनावी मैदान छोडेको बताइरहेका छन् भने कतिपयले टिकट नै पाएनन् ।

०६४ सालयता १० जना अर्थमन्त्री भए । तीमध्ये डा. बाबुराम भट्टराई, डा. रामशरण महत, डा. युवराज खतिवडा, कृष्णबहादुर महरा र महेश आचार्य चुनावी मैदानमा छैनन् ।

बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उमेदवारी छन् । त्यसैगरी पूर्वअर्थमन्त्री विष्णु पौडेल रूपन्देही २ बाट, वर्षमान पुन रोल्पाबाट, सुरेन्द्र पाण्डे चितवन १ बाट र ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट चुनाव लड्दैछन् । कार्की हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् ।

महतले टिकट नपाएकै कारण आगामी निर्वाचनमा भाग लिन पाएनन् । उनी ०७४ मा पराजित भएका थिए ।

डा. भट्टराईले आफ्नो सट्टामा काठमाडौं ७ बाट आफ्नो छोरी मानुषीलाई टिकट दिलाएर गोरखा आफ्नो क्षेत्र प्रचण्डलाई छोडिदिए ।

चुनावी मैदानबाट बाहिरिएका पूर्व अर्थमन्त्रीहरू :

डा. बाबुराम भट्टराई

डा. रामशरण महत

डा. युवराज खतिवडा

कृष्ण बहादुर महरा

महेश आचार्य

चुनावी प्रतिस्पर्धामा रहेका पूर्वअर्थमन्त्रीहरू :

विष्णु प्रसाद पौडेल

वर्षमान पुन

सुरेन्द्र पाण्डे

ज्ञानेन्द्र बहादुर कार्की

जनार्दन शर्मा (वर्तमान अर्थमन्त्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*