Home / Feature Breaking news / डलर हालसम्मकै महँगो, १ डलर किन्न १३१.४१ रूपैयाँ खर्चिनुपर्ने

डलर हालसम्मकै महँगो, १ डलर किन्न १३१.४१ रूपैयाँ खर्चिनुपर्ने

अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज (बिहीबार)  डलरको भाउले नयाँ उचाइ छोएको छ ।

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।

अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो।

पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर भइरहेको हो।

डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ।

डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्ने भएको छ ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा थियो।

मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको हो ।

धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउँदा डलरको माग बढेका छ। यसले भाउ बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*