Home / Feature Breaking news / विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिन बन्द

विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिन बन्द

दाङ,१८ साउन । विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय सात दिनका लागि बन्द गरिएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको सङ्क्रमण बढेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साउन १८ गतेदेखि साउन २४ गतेसम्म सात दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

साथै हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालय बन्द गरिएको शाखा प्रमुख विकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*