Home / Feature Breaking news / दाङका बाली पीडित किसानलाई राहत १० करोड

दाङका बाली पीडित किसानलाई राहत १० करोड

अमरराज आचार्य

दाङ, १२ फागुन । बेमौसमी वर्षाले क्षति पु¥याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । कृषकहरुको धान बालीमा क्षति पुगेको लामो समयपछि संघीय सरकारले राहात रकम पठाएको हो । गएको असोज महिनामा बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैयाँको धान बालीमा क्षति पु¥याएको अनुमान गरेर पठाइएको थियो ।

जिल्लाका १० वटा स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय ९८.९ हेक्टर क्षेत्रफलमा लगाइएका धानमा पानीले क्षति पु¥याएको हो । करिव २७ हजार ६ सय ६८.२५ मेट्रिक टन धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसमा काटिएको धान ४ सय ७८ हेक्टर धान बगाएको छ भने ८ हजार ५ सय २१ हेक्टर धान ढालेर क्षति पु¥याएको हो । जिल्लामा ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको थियो । बबइ गाउँपालिकामा ५ सय २.५ हेक्टर धानमा क्षति पु¥याएको छ । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टर काटेको धान बगाएको थियो भने ३ सय ६२.५ हेक्टर ढालेर क्षति पु¥याएको हो ।

शान्तिनगर गाउँपालिकामा ७ सय ६१.३ हेक्टर धानमा क्षति पु¥याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१.३२ हेक्टर धान ढालेर क्षति पुगेको हो । दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३.५ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७.५ हेक्टरमा काटेको धान बगाएको थियो ।

१ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु¥याएको थियो । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरमा धान ढालेर क्षति पुगेको होे । घोराही उपमहानगरपालिकामा १ हजार ९ सय ५८.८ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८.८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो ।

बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा धान क्षति पुगेको थियो । उक्त पालिकामा १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको हो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा धान क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ४ सय ३२ हेक्टरमा धान ढालेर क्षति भएको हो । राप्ती गाउँपालिका ७१.८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७१.८ हेक्टरमा धान ढालेर क्षति पुगेको हो ।

गढवा गाउँपालिकामा ९ सय १९.७ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११.६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो । भने ८०८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो । राजपुर गाउँपालिकामा ८ सय ७५.३ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धान खेती गरिएकोमा २ सय १८.६८ हेक्टरमा काटेको धान वगाएर क्षति पुगेको हो । ६ सय ५६.५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*