Home / समाचार / सामुदायिक सहरकारीको अध्यक्षमा शर्मा

सामुदायिक सहरकारीको अध्यक्षमा शर्मा

घोराही, २८ पुस

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड दाङको सातौँ अधिवेशनबाट शारदा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

संस्थाको २३ औँ साधारण सभा एवं सातौ अधिवेशनबाट शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा यमला गौतम, सचिवमा मेनुका गिरी, कोषाध्यक्षमा राधा आचार्य, सदस्यहरुमा कल्पना कार्की, खिदैया चौधरी, माया चौधरी, हेमन्ता योगी र संस्थापक अध्यक्ष बिमला योगी रहनुभएको छ ।

अधिवेशनले लेखा समितिको संयोजकमा रीमालक्ष्मी जैशी, शिक्षा उपसमितिको संयोजकमा सावित्रा बिक चयन हुनुभएको संस्थाका प्रमुख कार्यकारी निर्देशक कल्पना न्यौपानेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*