Home / Feature Breaking news / ‘अर्ली इलेक्सन’ हुँदैन, एक्लै चुनाव लडेर कांग्रेस ठुलो पार्टी बन्छ : गगन थापा

‘अर्ली इलेक्सन’ हुँदैन, एक्लै चुनाव लडेर कांग्रेस ठुलो पार्टी बन्छ : गगन थापा

भक्तपुर,१७ कार्तिक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सनु अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताए ।

उनले आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लडेर ठुलो पार्टी बन्ने बताए । “कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठुलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठुलो पार्टी बन्छ,” उनले भने, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।”

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको बताए । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*