Home / Feature Breaking news / गलत छुवाइ र असल छुवाइ विषयमा सचेतना

गलत छुवाइ र असल छुवाइ विषयमा सचेतना

दाङ, १२ कार्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् छैठौँ दिन ‘गलत छुवाइ र असल छुवाइ’का विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त विषयमा मावि रझेनाका ४० जना विद्यार्थीहरूलाई प्रहरी निरीक्षक हृदेश सापकोटाले प्रशिक्षण दिएका थिए ।

दाङ महिला जेसीजका अध्यक्ष ममता विष्टको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि केसीले जीवनोपयोगी व्यावहारिक ज्ञानले दैनिक जीवनमा आइपर्ने समस्यालाई निराकरण गर्न मद्दत पुग्ने भन्दै अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतमले व्यक्तित्व र नेतृत्व विकासमा दाङ महिला जेसीजले महत्वपूर्ण भूमिका खेलेको बताइन् । कार्यक्रममा त्रिभुवन नगर जेसीजका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश डिसी, दाङ महिला जेसीजकी निवर्तमान अध्यक्ष जिवा भुसाललगायतले मन्तव्य राखेका थिए ।

प्रखर संयोजक बसन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन् । कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन कोषाध्यक्ष अनिता ढकालले गरेकी थिइन् भने जेसीज आस्था पाठ उपाध्यक्ष दिलु मल्लले गराएकी थिइन् । कार्यक्रमका मूल संयोजक जुनकुमारी बुढाले जेसीज सप्ताहको विषयमा जानकारी गराएकी थिइन् । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमको शनिवार समापन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*