Home / Feature Breaking news / रुकुमपूर्वको कांग्रेस सभापतिमा रोका निर्वाचित

रुकुमपूर्वको कांग्रेस सभापतिमा रोका निर्वाचित

रुकुम,१६ असोज । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्यमा सभापति निर्वाचित हुने रोका पहिलो भएका हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*