Home / Feature Breaking news / राष्ट्रियसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज ५ गते

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज ५ गते

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध कायमै रह्यो ।

बुधबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए । उनले प्रतिनिधिसभाका सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नदिने बताइन् ।

अध्यक्ष तिमल्सिनाले पटक–पटक बस्न आग्रह गरे पनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो ।

आजको बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आउँदो असोज ५ गते बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*