Home / Feature Breaking news / २१ जना जनप्रतिनिधिले छोडे एमाले

२१ जना जनप्रतिनिधिले छोडे एमाले

दाङ, २३ भदौ । नेकपा एमालेबाट निर्वाचित भएका दाङका २१ जना स्थानीय तहका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजबादी पार्टी रोजेका छन् । दल परिवर्तन गर्नेमा एकजना गाउँपालिका उपाध्यक्ष, २ जना वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्य १६ जना र जिल्ला समन्वय समितिका २ जना सदस्य छन् ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्की, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष भूपबहादुर केसी र विभिन्न स्थानीय तहका १७ जना वडा सदस्यले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेका हुन् । जिल्ला समन्वय समिति दाङका दुई जना महिला सदस्य सावित्रा रिजाल र तिलाकुमारी बुढाले समाजवादी पार्टी रोजेका छन् । दाङमा नेकपा एमालेबाट निर्वाचित भएका २ सय ९ जना जनप्रतिनिधि रहेका थिए ।

तीमध्ये २१ जना नेकपा एकीकृत समाजबादी पार्टी रोजेका हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि मंगलवारसम्म समय दिएको थियो । त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्यतर्फ पाल्पाकी रमा घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*