Home / Feature Breaking news / जाल्पा सामुदायिक लघुवित्तको दोस्रो साधारण सभा

जाल्पा सामुदायिक लघुवित्तको दोस्रो साधारण सभा

दाङ, ३० चैत

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको दोस्रो साधारण सभा कास्की पोखरामा सम्पन्न भएको छ । दाङको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र कास्कीको जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेडबीच भएको मर्जरपछि बनेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको दोस्रो साधारण सभा हिजो आईतवार सम्पन्न भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का सञ्चालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले वित्तिय संस्थाले प्रदेश नम्बर ३, ४, ५, ६ र ७ मा कार्यक्र क्षेत्र बनाई ७४ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले ८४ हजार सदस्यहरुबाट २ अर्ब ६ करोड बचत संकलन गरि ३ अर्ब ८४ करोड समुदायमा लगानी गर्न सफल रहेको उहाँले बताउनुभयो ।

साधारण सभादे अर्जुन कुमार श्रेष्ठ, विरबहादुर अधिकारी, गीताकुमारी योगी गिरी र सुष्मा गौतम सदस्य रहेको सञ्चालक समिति चयन गरेको छ । साथै ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागी निस्कासन गर्ने निर्णय गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८१÷२०८२ को अन्त्यसम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १ सय ५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १ लाख ९५ हजार जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।

जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेड र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड मर्जर भई २०७७ मंसीर १६ गतेबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नाम बाट एकिृकत कारोबारको शुभारम्भ गरेको थियो । मर्जर पश्चात यस वित्तीय संस्था लिमीटेडको अधिकृत पुँजी २५ करोड, जारी पूँजी १६ करोड र चुक्ता पूँजी १० करोड ७८ लाख रुपैया रहेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत विमला योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोक कुमार आर्चायले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*