Home / Feature Breaking news / प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे दुई करोड बजेट

प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे दुई करोड बजेट

घोराही,१ फागुन । घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापनाका लागि दुई करोड ५० लाख रुपैया सरकारले सहयोग गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपती प्रा डा संगीता भण्डारीले जानकारी दिएकी छिन् ।

प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापनाका लागि लामो समयदेखि उपकुलपति भण्डारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, स्वास्थ्य मन्त्रीलगायतसँग पहल गर्दै आएकी थिइन । स्वास्थ्य राज्यमन्त्री नबराज रावतले प्रतिष्ठान अबलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झंकार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख पठाइदिएको जानकारी दिएका हुन । बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रक्रिया पुरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ ।

अक्सिजन प्लान्ट निर्माण भइ सन्चालन आएमा आइसियुको सेवालाई प्रभाबकारी बनाउदै सेवा बिस्तार हुनेछ । अहिले लामो समय आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामी बाहेक अन्य छोटो समयका लागि आइसियुमा राखेर बिरामी उपचार भइरहेको छ । त्यती मात्रै नभइ अक्सिजन प्लान्ट निर्माण भएमा प्रतिष्ठानले राप्ती अन्चल र आसपासका ठाउमा अक्सिजन सप्लाइ गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*