Home / समाचार / गजल अभियान दाङले गजलकार गौतम र गायक योगीलाई पुरस्कृत गर्ने

गजल अभियान दाङले गजलकार गौतम र गायक योगीलाई पुरस्कृत गर्ने

दाङ,४ मंसीर । गजल अभियान दाङले दुई जना सष्टालाई पुरस्कृत र एक साहित्यीक सस्थालाई सम्मान गर्ने भएको छ ।

गजल अभियान दाङले हरेक वर्ष जस्तै यसबर्ष गजल क्षेत्रको लेखन तथा विकासमा योगदान पु¥याउने गजलकार सशील गौतम र गायक शिशिर योगीलाई पुरस्कृत गर्ने भएको हो ।

अभियानले ‘ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कर’बाट गजलकार सुशील गौतम र ‘पानसरी मनवीर गजल संगीत पुरस्कार’बाट गायक शिशिर योगीलाई प्रदान गरिने भएको गजल अभियान दाङका अध्यक्ष प्रबल बिष्टले जानकारी दिएका छन् ।

अध्यक्ष बिष्टका अनुसार संस्थागत सम्मानतर्फ प्रगतिशील लेखक सघ दाङलाई सम्मान गरिने भएको छ । पुरस्कार एव सम्मान छनौट समितिका संयोजक विश्वकीर्तिमानी संगीतकार एवम् गजल अभियान दाङका सल्लाहकार सन्तोष श्रेष्ठ र छनौट समिति सदस्य एवम् सल्लाहकारद्वय छविलाल कोपिला र दीपक शर्मा समीरको बुधवार बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

अभियानले केही दिनभित्रै दाङमा भव्य गजल महफिलसहितको औपचारिक समारोहको आयोजना गरि पुरस्कार एव सम्मान व्यक्त गर्ने भएको अभियानका अध्यक्ष बिष्टले जानकारी दिएका छन् । गजल अभियान दाङले गजल सम्वन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*