Home / Feature Breaking news / लुम्बीनी प्रदेशका लेखा समिति सभापति चौधरीलाई कोरोना

लुम्बीनी प्रदेशका लेखा समिति सभापति चौधरीलाई कोरोना

दाङ,२७ असोज

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन भएको छ।

चौधरीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखीएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पिसिआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो।

आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

स्वास्थ्यमा एकाएक समस्या उत्पन्न भएपछि उनी दुई दिनअघि बाँकेको भेरी अस्पतालमा भर्ना भएका थिए।

त्यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

चौधरीका चालक र सुरक्षाकर्मीलाई यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*