Home / Feature Breaking news / पाँच हजार तीन सय २० जनाले जिते कोरोना

पाँच हजार तीन सय २० जनाले जिते कोरोना

दाङ, १९ असार

नेपालमा ५ हजार बढि व्यक्तीहरु कोराना जितेर फर्किएका छन् । नेपालमा शुक्रवार दिउसोसम्ममा ५ हजार ३ सय २० जना व्यक्तीहरु कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

१४ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको र ती मध्य ५ हजार ३ सय २० जना उपचारपछि कोरोना जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट देशभर ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धेरैजसो मृत्युपछि मात्र कोरोना पोजेटिभ देखिएको तंथ्याक रहेको छ ।

विश्वभर कोरोना भाईरसका कारण १ करोड ८ लाख ७३ हजार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीतमध्य ५७ लाख ५५ हजार ६ सय ८४ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमणबाट विश्वभर ५ लाख २१ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*