Home / समाचार / राप्ती गाँउपालिकालाई २ सय थान भिटिएम प्रदान

राप्ती गाँउपालिकालाई २ सय थान भिटिएम प्रदान

तिर्थराज ज्ञवाली
भालुवाङ, ३२ जेष्ठ ।

कोरोना भाईरस चेकजाचका लागि आवस्यक पर्ने भि टि एम आईतवार राप्ती गाउँपालिका लाई प्रदान गरिएको छ । दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहिले २ सय थान भि टि एम राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई बुझाईएको हो ।

डा. पुष्प भुषाल र डा. रेगन सिंह थापाको टोलिले गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई प्रदान गर्नुभएको छ । सो भिटिएम क्वारेन्टीनमा बस्नुभएकाहरुको कोरोना भए नभएको थाहा पाउन प्रयोग गरिने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

भि टि एम बुझ्दै अध्यक्ष सुवेदीले नागरिकको स्वास्थ्य सुरक्षाको र रोग पत्ता लगाउन सहयोग पुग्ने सामाग्रीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहि लाई धन्यवाद प्रदान गर्नभएको छ ।

सो भि टि एम हाल राप्ती गाउँपालिकाको २० वटा क्वारेन्टिनमा बसीरहनु भएका ४ सय १७ जना मध्य २ सय जनाको कोराना संक्रमण् भएक नभएको जाँच गर्न सहयोग पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*