Home / Feature Breaking news / अपाङ्गता तथा असहाय भत्ता वितरण नगर्ने सरकारको घोषाणाप्रति कांग्रेसको आपत्ति

अपाङ्गता तथा असहाय भत्ता वितरण नगर्ने सरकारको घोषाणाप्रति कांग्रेसको आपत्ति

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले अपाङ्गता तथा असहाय भत्ता वितरण नगर्ने सरकारको घोषाणाप्रति आपत्ति जनाएको छ ।

कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै संविधानले व्यवस्था गरेको सामाजिक सुरक्षाको हकबाट नागरिकलाई बन्चित गराउन नहुने जनाएको छ । ‘संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधानअनुसार दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई कानुन र नियमविपरीत नदिने निर्णयप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं’ कांग्रेस ससदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले कोरोना महामारीबाट प्रताडित भइरहेको अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनुलाई अमानवीय कार्य भनी विरोध जनाएको छ ।

‘सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’ कांग्रेसले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*