Home / Feature Breaking news / कोरोनाबाट मुत्यु भएकाेे परिवारले छुन पाउँदैन तर एक मिटरको दुरीबाट हेर्न पाउँछन्

कोरोनाबाट मुत्यु भएकाेे परिवारले छुन पाउँदैन तर एक मिटरको दुरीबाट हेर्न पाउँछन्

काठमाडौ । सरकारले कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गर्ने भनेर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ सार्वजनिकअनुसार कोरोना भाइरस (कोभिड१९ )बाट मृत्यु भएको व्यक्तिको सामान्य पोष्टमार्टम गर्नु पर्दैन । यदि गर्नैपरेमा मृतकको फोक्सो वा अंगहरुमा जिवाणु ज्युँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्छ । पोष्टमार्टम सकिनेबित्तिकै प्रयोग गरेको सामग्री केमिकलबाट सफा गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, अन्य व्यक्तिसरह परिवारले अन्तिम संंस्कार गर्न पाउने छैनन् ।  शवलाई सकेसम्म कम चलाउने र छिटोभन्दा छिटो अन्तिम संस्कार गर्नुपर्ने हुन्छ ।  शव उठाउनुअघि शववाहन चालक एवम कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनुपर्ने उल्लेख छ ।

“मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई एक मिटर टाढा बसेर एक एक जना गरेर हेर्न दिन सकिन्छ, तर शव छुन भने पाउने छैनन्,” सो कार्यविधिमा भनिएको छ “दीर्घरोगी र ६० वर्ष काटेका बृद्धबृद्धालाई शवको नजिक जान दिन हुँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*