Home / Feature Breaking news / चितवनको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु, कोरोना पुष्टि भएको छैन

चितवनको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु, कोरोना पुष्टि भएको छैन

चितवन, ११ चैत

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीअनुसार उच्च ज्वरो र निमोनियाले ग्रसित वीरगन्जका ३० वर्षीय एक युवक रहेका छन् ।

“बिरामी पहिलेदेखि दीर्घरोगी थिए । उनलाई निमोनिया देखिएको थियो,” डा. अधिकारीले भने ।

बिरामी आइतबार राति १० बजे चितवन मेडिकल कलेजबाट रिफर भएर आएको उनले जानकारी दिए ।

उनको स्वाब सोमबार राति संकलन गरिए पनि आज मात्रै विमानमार्फत काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*