Home / Feature Breaking news / ओली र प्रचण्डबीच भेटवार्ता: सभामुखको विषयमा सहमति भएन

ओली र प्रचण्डबीच भेटवार्ता: सभामुखको विषयमा सहमति भएन

काठमाण्डाै, २ माघ

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीआार वालुवाटारमा भएको भेटवार्तामा सभामुखको चुनाव र अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । तर छलफलमा कुनै  सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको प्रेस संयोजक थापाले बताउनुभयो ।

सभामुखमा पूर्व एमाले र पूर्व माओवादीको दावी रहेका कारण ३ पटकसम्म संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ । हिउँदे अधिवेशनको बैठक चल्न नसक्दा ३ दर्जन विधयेक अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*