Home / Feature Breaking news / गाैरीशंकर मावि भैसाही नाकाकाे भवन शिलन्यास

गाैरीशंकर मावि भैसाही नाकाकाे भवन शिलन्यास

दाङ, २ माघ
राजपुर-७ भैसाही नाका दाङकाे गौरी शंकर माध्यमिक बिद्यालयको भवन निर्माण सुरू भएकाे छ ।

छाँया नेपालकाे अार्थीक सहयाेगमा विद्यालयकाे भवन निर्माण सुरू भएकाे हाे । भवनकाे मंगलवार शिलन्यास गरिएकाे छ । २५ लाख १६ हजार ५ सय ३ रूपैयाकाे लगानीमा तीन काेठे भवन निर्माण गरिने छाँया नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिनुभयाे ।

गत साउन ११ गतेको बर्षाका कारण विद्यालयकाे भवन भत्कीएकाे थियाे । भवन भत्कीदा विद्यार्थीहरूकाे पठनपाठनमा समस्या भएकाे थियाे ।
भवन शिलन्यास कार्यक्रममा राजपुर गाउँपालिका उपप्रमुख धनपति यादव, छाँया नेपालका कार्यकारी निर्देशक कमल थापा, ने.वि.संघ केन्द्रिय उप सभापति पवन यादव, विद्यालयका प्रधानाध्यापक टंक बि.क. लगायतकाे सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*