Home / समाचार / ज्यामिरे सामाजिक उद्यमी सहकारीको सातौँ साधारणसभा

ज्यामिरे सामाजिक उद्यमी सहकारीको सातौँ साधारणसभा

दाङ,२७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. १३ बनगाँउमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ७ आँै साधारणसभा तथा अधिबेसन बुधवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पद्मा हमालको अध्यक्षता तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी महिलाहरुको आर्थिक समृद्धिकालागि महत्वपुर्ण सावित भएको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले नेपालमा रहेका सहकारीहरुले छरिएर रहेको सानो पुँजीलाई एकिकृत गरि परिचालन गर्न सके आर्थिक समृद्धिमा सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै हेफर ईन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत जगत चौधरीले आफुले स्थापना गरेको सहकारीले रकम बचतसँगै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने काम गरेको बताएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दाङका परियोजना संयोजक भीमकान्त चौधरीले परियोजनाले सहकारी सबलीकरण तथा सशक्तिकरणमा सहयोग पु¥याएको बताएका थिए ।

संस्थाका उपाध्यक्ष गोमा अधिकारीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा १३ नम्र वडाका महिला सदस्य पबित्रा सेर्पाईली, सरस्वती भण्डारीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सचिब रामकली घर्तीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष सरस्वती खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।

साधारणसभाले पद्मा हमालको अध्यक्षतामा ९सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ । जस्को उपाध्यक्षमा पबित्रा सेर्पाइली, सचिवमा रामकली घर्ति,कोषाध्यक्षमा नानुमैया जिसी.रहेका छन । यसैगरी सदस्यहरुमा सशीला बुढाथोकी,कल्पना नेपाली, निर्मला केसी, जुगमनी चौधरी र बिष्णा गिरी रहेका छन ।

साधारणसभाले बन्दसत्रले सुशीला बस्नेत संयोजक रहेको लेखा समिति चयन गरेको छ । जस्को सदस्यहरुमा जुनु घर्ति र राधिका गिरी रहेका छन । त्यसैगरी ऋण उपसमितिको संयोजकमा कार्यसमितिबाट चयन गर्ने निर्णय सहित गोमा गुरुङ र बसन्ता हमाललाई ऋण उपसमितिको सदस्यमा चयन गरिएको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता,उत्कृष्ट समुह,बृद्ध महिला,सहकारी बाट धेरै खसीबोका बिक्री गर्ने दिदिबहिनीहरुलाई सम्मान समेत गरिएको थियो भने साधारणसभा तथा अधिबेशन कार्यक्रमको सहजीकरण सहब्यवस्थापक सुशीला वलीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*