Home / समाचार / कांग्रेसले देशभर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

कांग्रेसले देशभर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

घाेराही, २६ असाेज

नेपाली कांग्रेस दाङले आज आइतबार शुभकामना अादानप्रदान र शुभकामना अादानप्रदान कार्यक्रम गर्दैछ । कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान समारोहकाे अायाेजना गरिएकाे हाे ।
विसं २०३३ मा महामानव वि.पी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्केपछि सुरू गरेकाे शुभकामना अादानप्रदान कार्यक्रम तथा चियापान कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष काग्रेसले हरेक वर्ष कार्यक्रम गर्ने गरेकाे छ ।
दशैंं, तिहार, छठ पर्वका अवसरमा कांग्रेस पार्टी कार्यालय घाेराहीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अायाेजना गरिएकाे कांग्रेस दाङले जानकारी दिएकाे छ ।
दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएकाले उपस्थितिका लागि काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयाे ।
नेपाली कांग्रेसले अाज काेजाग्रत पूर्णीमाकाे अवसरमा देशभर शुभकामना अादानप्रदान र चियापान कार्यक्रम गर्दैछाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*