Home / Feature Breaking news / दाङमा जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुदै

दाङमा जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुदै

दाङ,२४ भदौ । भरतपुर आईटिएफ तेक्वान्दो डोजाङको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो संघको सहकार्यमा प्रथम जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यहि भदौको २७ र २८ गते घोराहीको म्याङ्गो गार्डेनको हलमा प्रथम जिल्ला स्तरिय प्रतियोगिता हुन थालेको भरतपुर आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा जिल्लाभरका चार डोजाङका महिला र पुरुष खेलाडीहरु गरि एक सय २० जना खेलाडीहरुको सहभागिता हुने भएको छ । प्रतियोगितालाई सफल बनाउनका लागि व्यापक तयारी गरिरहेको समेत उनले बताए ।

खेल क्षेत्रको विकास र खेलाडीहरुमा उत्साह थप्ने उद्देश्यले पहिलो पटक जिल्लास्तर गेम राखिएको अध्यक्ष थापाले बताए । ‘जिल्लामा तेक्वान्दो खेलको विकाससँगै खेलाडीहरुमा उत्साह थप्ने उद्देश्यले पहिलो पटक गेमको आयोजना गरेका छौँ’,उनले भने,‘यो प्रतियोगिताको क्षमता विकासँगै जिल्लाको खेल क्षेत्रको विकासमा भुमिका खेल्नेछ ।’ प्रतियोगिता प्रथम,द्धितिय र तृतीय हुने खेलाडीहरुले ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

भरतपुर आईटिएफ तेक्वान्दो डोजाङले गतबर्ष घोराहीमा प्रदेशस्तरिय च्याम्पियनसिप प्रतियोगित समेत आयोजना गरेको थियो । जिल्लामा आईटिएफ तेक्वान्दो खेल क्षेत्रको विकासमा विगत विगत लामो समयदेखि डोजाङ संक्रिय रहदै आएको डोजाङका खेलाडीहरुले राष्ट्रिय तथा प्रदेशस्तरिय खेलहरुमा मेडल समेत प्राप्त गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*