दाङ, १७ असार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी एसईई पास गरेको प्रसंग सेलाउन नपाउँदै गीतकारको भूमिकामा देखिएकी छिन्।
चौधरीले मंगलवार दुईवटा गीत रेकर्डसमेत गराएकी छन् । उक्त गीतमा स्वर गायिका अञ्जु पन्तले दिएकी छिन् भने संगीत सन्तोष श्रेष्ठले गरेका छन्।
‘गीत लेख्न मन लाग्यो, त्यसैले मनमा सल्बलाएका शब्दलाई बुन्ने कोशिश गरें, मेरो जीवनमा आधारित दुईवटा गीत रेर्कडिङ भयो,’ सांसद चौधरीले फेसबुकमा लेखेकी छिन्।
कमलरी पृष्ठभूमिबाट संघर्ष गर्दै तत्कालिन संविधानसभामा प्रतिनिधित्व गर्दै आएकी सांसद चौधरी हाल नेकपाका संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । गत असार १२ गते मात्रै उनी एसईईमा उत्तीर्ण भएकी थिइन् ।
RaptiSandesh RaptiSandesh