Home / Feature Breaking news / घोराही उपमहानगरको बजेट १ अर्व ७८ करोड

घोराही उपमहानगरको बजेट १ अर्व ७८ करोड

घोराही, १० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६ ्र०७७ का लागि पौने २ अर्ब बढिको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले मंगलबार आज आयोजना गरेको पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि १ अर्व ७८ करोड २९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।

उपमहानगरले चालु तर्फ १ अर्ब १८ करोड ९० लाख २५ हजार र पूँजीगत तर्फ ५९ करोड ३९ लाख ४१ हजार बजेट विनियोजन गरिएको छ । कुल बजेट मध्य १ अर्ब ४६ करोड ८ लाख ८१ हजार विकास बजेट तर्फ र ३२ करोड २० लाख ८५ हजार प्रशासनिक खर्च तर्फ बिनियोजन गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन ।
घोराही उपमहानगरले १९ वडालाई ९० लाख विकास बजेट र १० लाख वडा कार्यालय सञ्चालन व्यवस्थापनमा बजेट छुट्याएको छ ।

त्यस्तै कृषि विकासका लागि एक करोड ५३ लाख, पशु सेवाका लागि ५८ ल ाख ६६ हजार, सहकारी तथा रोजगार प्रवद्र्धनमा ६९ लाख ६९ हजार बजेट बिनियोजन गरेको छ । उपभोक्ता हित संरक्षणमा १९ लाख ३५ हजार, पर्यटन तथा सस्कृति प्रवद्र्धनमा ७७ लाख , शिक्षा, युवा तथा खेलकुदमा ४८ करोड ७० लाख ७८ हजार, स्वास्थ्य सेवामा ६ करोड ७ लाख ८० हजार, महिला,बालबालिका,अपांग,ज्येष्ठ नागरिक तथा समाज कल्याणमा ७८ लाख ३८ हजार, सरसफाई व्यवस्थापनमा ७७ लाख २० हजार, विपद व्यवस्थापन १ करोड ३४ लाख ५० हजार रपैयाँ बजेट बिनियोजन गरेको छ ।

कानूनी मामिलामा १५ लाख, सूचना तथा संचारमा ३५ लाख, सुशासनमा ५० लाख ५० हजार र पूर्वाधार विकासतर्फ ३१ करोड ४८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*