Home / Feature Breaking news / सामुदायिक सेवा केन्द्रको शुभकामना आदानप्रदान

सामुदायिक सेवा केन्द्रको शुभकामना आदानप्रदान

दाङ, ९ बैशाख

सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा नयाँबर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक सेवा केन्द्रले समाज रुपान्तरणकालागि महत्वपूर्ण योगदान गरेको बताएका थिए । उनीहरुले समाजमा सचेतनाका कार्यक्रम गरेर दुव्र्यशन विरुद्ध सचेतना फैलाउने काम गरेको भन्दै यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

त्यस अवसरमा सामुदायिक सेवा केन्द्रको भवन निर्माणकालागि जग्गाको खोजी गर्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा केन्द्रले प्रकाशन गरेको वि.स.२०७६ सालको भित्तेपात्रोको विमोचन गरिएको थियो ।

कार्यक्रममा केन्द्रका सल्लाहकार नरेशजंग राणा, बलदेव योग, दिपक शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । केन्द्रका सहसचिव के.वि घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

असार मसान्तसम्म आजिवन सदस्यता

सामुदायिक सेवा केन्द्र घोराहीले असार मसान्तसम्मकालागि आजिवन सदस्यताको फारम खुल्ला गरेको छ । केन्द्रको आजिवन सदस्यताकालागि असार मसान्तसम्म फाराम भर्न सकिने केन्द्रको सोमवार घोराहीमा बसेको बैठकलले निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा बसेको बैठकले नयाँ वर्ष २०७६ सालको अवसरमा सम्पूर्णमा शुभकामना पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*