Home / समाचार / सिचाईका लागि पक्की नाला निर्माण

सिचाईका लागि पक्की नाला निर्माण

दाङ,१२ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाको धारापानीमा सिचाईका लागि पक्की नाला निर्माणको काम सुरु गरिएको छ । घोराही उपमहानगरपालिकाको एक लाख ५० हजार र उपभोक्ताको करिव एक लाख ५० हजार बराबरको जनश्रमदानवाट उक्त पक्की नाला निर्माण गरिने भएको हो ।

धारापानीमा निर्माण गरिएको लिफल्ट सिचाई आयोजनावाट सिचाई गरिने कच्ची नाला गत बर्ष बर्खे पानीले भत्काईदिएपछि उपभोक्ता समितिका अध्यक्ष मधु पुनको सक्रियतामा पक्की नाला निर्माण गरिएको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिए । पक्की नाला निर्माणसँगै त्यसवाट सिंचित हुने करिव २५ विगाह क्षेत्रफल जमिनमा सिचाईका लागि सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*