दाङ । दाङ प्रहरीले सुनको सिक्री लुट्ने दुई जनालाई पक्राउ गरेको छ ।
गत माघ १ गते घोराही उप–महानगरपालिका वडा न. १३ बाह्रकुने दह स्थित ५१ बर्षीया पन्चमाया बुढाले घाँटीमा लगाएको ३.५ तोलाको सुनको सिक्री लुट्ने बीरगंज महानगरपालिका वडा न. ३२ बस्ने २१ बर्षीय मुकेश यादब र १६बर्षिय प्रदिप यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिमको बगलीमारी गर्ने कसुरमा आवश्यक कारवाही अगाडी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेयले बताए ।