Home / समाचार / महायज्ञमा १ सय ८ किलोको लड्डु राखिने

महायज्ञमा १ सय ८ किलोको लड्डु राखिने

दाङ, ५ भदौ

बौद्धिक अपांगताहरुकालागि आवास निर्माण सहयोगार्थ घोराही असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखिने भएको छ ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ४ कुईरेपानीमा निर्माण भईरहेको बौँद्धिक अपांगता भएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखीने आयोजक मूल समितिका सह–संयोजक सुशीला पौडेलले जानकारी दिनुभएको छ ।

साथै उहाँले महायज्ञमा १ हजार ८ सालिग्राम परिक्रमा, १ हजार ८ कन्या पूजा एवं एक करोड दीप प्रज्वलन गरिने जानकारी दिनुभयो ।

महायज्ञको कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुहुने छ ।

१ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा महायज्ञ आयोजना गर्न लागिएको महायज्ञका निर्देशक डा.भोलानाथ योगीले जानकारी दिनुभयो ।
महायज्ञमा ११ हजार भन्दा धेरै दान गर्ने दाताहरुलाई ५४ दानाको रुद्राक्ष माला प्रदान गरिने भएको छ । मंगलवार घोराहीमा बसेको बैठकले यस्तौ निर्णय गरेको छ ।

आयोजक मूल समितिका सहसंयोजक सुशीला पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तौ निर्णय गरेको हो ।

बैठकले उपसमितिहरुलाई पूर्णता दिएको छ । साथै बैठकले भुपाल गिरी संयोजक रहेको दाता पहिचान तथा जग्गा मूल्यांकन उपसमिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*