Home / Feature Breaking news / नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्यको सपथ ग्रहण

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्यको सपथ ग्रहण

काठमाडौं,३ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।नव गठित पार्टीका चार सय ४१ जना केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीमा ४५ जनाको स्थायी समिति र ९ सदस्यीय सचिवालय बनाइएको छ । यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोर्होयाउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक सपथ ग्रहण लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*