Home / Feature Breaking news / कानून निर्माण गदै स्थानिय तह

कानून निर्माण गदै स्थानिय तह

अमरराज आचार्य
दाङ, १९ चैत । जिल्लामा रहेका स्थानिय तहहरु कानुन निर्माण गर्ने थालेका छन् । नया संरचनामा गएपछि स्थानिय तहले पहिलो पटक आफैले कानुन निर्माण गर्ने थालेका हुन । जिल्लामा २ उपमहानगरपालिका १ नगर पालिका र ७ वटा गाऊपालिका रहेका छन् । अहिले ३ वटै तहमा कानुन निर्माण गर्ने थालिएको छ । घोराही उपमहानगरपालिका कार्यालयले दोस्रो नगर सभावाट कानुन निर्माण गर्ने थालेको जनाएको छ ।

उप महानगरपालिकाले २०७४ असार २१ गतेदेखि चैत ९ गतेसम्म कार्यपालिकाको वैठकवाट १३ वटा कानुन पारित गरेको जनाएको छ । उपमहानगरपालिकाले कार्यपालिका वैठक संचालन कार्यविधि, नगरसभा संचालन कार्यविधि फोहोर मैला व्यवस्थापन कार्य विधि, तालिम व्यवस्थापन तथा सञ्चालन कार्यविधि, शिक्षक छनोट परीक्षा संचालन कार्यविधि, कक्षा ८ को आधारभुत तह उर्तीण परिक्षा कार्यविधि, वजार व्यवस्थापन कार्य विधि, योजना तथा कार्यक्रम संचालन, कार्यान्वयन र फरफार कार्य विधि, टोल विकास संस्था सञ्चालन कार्य विधि, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्थानिय राजपत्र प्रकाशित कार्य विधि तथा २ वटा नियमावली पारित गरेको छ ।

जसमा कार्य सम्पादन निमावली कार्य विभाजन निमावली रहेका छन् । त्यसै गरेर उप महानगरपालिकाले दोस्रो नगर सभाका लागि आर्थिक कार्यविधि नियमित कार्य विधि नियमित तथा व्यवस्थीत गर्ने वनेको ऐन, सहकारी ऐन, शिक्षा ऐन, कृषि व्यवसायिक प्रवद्र्धन ऐन न्यायिक समिति (कार्यविधि ) ऐन, एफ एम रेडियो सञ्चालन तथा व्यवस्थापन ऐन र शिक्षा नियमावली प्रस्ताव गरीएको छ । राजपुरगाउपालिकाले पनि कानुन निर्माण गदै अगाडि वढेको जनाएको छ । गाऊपालिकाका अध्यक्ष लोकराज केसीले गाऊपालिकालाई आवस्यक पर्ने कानुन निर्माण गदै अगाडि वढेको जानकारी दिए ।

गाँपालिकाले एफ एम सञ्चालन, सहकारी, आर्थिक ऐन, शिक्षक छनोट, वैठक सम्वन्धी कानुन निर्माण गरेको बताए । ‘हामीले गाऊपालिकालाइ आवश्यक पर्ने कानुन निर्माण गदै अगाडि वढेका छौ’ अध्यक्ष केसीले भने । उनले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपल्वध गराएको नमुना कानुनलाई संशोधन गरेर कानुन निर्माण गर्ने काम गरेको बताए । ‘गाउपालिकाको आवस्यकता अनुसार संशोधन गरेर कानुन निर्माण गर्ने काम गरेका छौ’ गाउपालिका अध्यक्ष केसीले भने । कानुन निर्माण गर्दा प्रदेश तथा संघीय कानुन संग नवाझिने गरी कानुन निर्माण गर्ने गरेको बताए ।

‘कानुन निर्माणमा नमुना कानुनले ठुलो सहयोग गरेको छ’ अध्यक्ष केसीले भने । उनले ऐन कार्य विधिलाइ गाउकार्यपालिकावाट निर्णय गरेर अगाडि वढेको बताए । गाऊ कार्यपालिकाले गरेका कार्यहरु अनुमोदन तथा कानुन निर्माण गाऊ सभावाट हुने गरेको उनको भनाई रहेको छ । गाऊकार्य पालिकाको वैठक मासिक कम्तीमा २ पटक वस्ने समेत अध्यक्ष केसीले बताए ।
गढवा गाउपालिकाले आफुहरु कानुन निर्माण गर्ने प्रक्रियामा रहेको जनाएको छ । गाउपालिकाका अध्यक्ष सहजराम यादवले कानु निर्माणका लागि प्रक्रिया सुरु गरेको बताए । ‘अहिले कानुन निर्माणका लागि ड्राफट निर्माण गर्ने काम भइ रहेको छ ’ अध्यक्ष यादवले भने । गाऊपालिकाले दोस्रो गाऊ सभा यही चैत अनत्य सम्म गर्ने गरी तयारी समेत गरेको जनाएको छ । हामी यही महिनाको २७, २८ मा गाउसभा पर्ने गरी तयारी गरेका छौ’ अध्यक्ष यादवले भने । अव वस्ने दोस्रो गाउ सभावाट कानुन निर्माण गरीने उनको भनाइ रहेको छ । गाउपालिकाले २३ गते सार्वजनिक सुनाइ गर्ने थालेको समेत उनले जानकारी दिए ।
दंगीशरण गाउपालिकाले पनि कानुन निर्माणको प्रक्रिया सुरु गरेको जनाएको छ । गाउपालिकाका अध्यक्ष भागिराम चौधरीले गाऊपालिकाले कानुन निर्माणका लागि ड्राफट निर्माणको काम सुरु भएको बताए । ‘हामीे छिट्टै नै कानुन निर्माण गर्ने तयारी गरेका छौ छिट्टै नै कानुन निर्माण हुने छ’ अध्यक्ष चौधरीले भने ।

गाउपालिकाको दोस्रो गाऊ सभा यही चैत अन्तय सम्म गर्ने गरी तयारी थालेको उनको भनाइ छ । गाउपालिका प्रमुख तथा उप प्रमुखहरुको राष्ट्रिय भेला भएकाले पनि गाउपालिकाहरुको दोस्रो सभा केही दिन पछाडि सरेको गाऊपालिकाहरुले जनाएका छन् । भेलामा जानु पर्ने भएकाले केही ढिला हुने भएको गाउपालिकाका अध्यक्षहरुले बताए । गाउपालिका प्रमुख तथा उप प्रमुखहरुको भेला १७ गते वाट काठमाडौमा हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*