Home / प्रदेश समाचार / राष्ट्रियताको लागि जनमोर्चालाई मतदान गर्न आचार्यको आग्रह

राष्ट्रियताको लागि जनमोर्चालाई मतदान गर्न आचार्यको आग्रह

घोराही,८ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले चुनाव प्रचार प्रचारलाई तीव्र बनाउदै लगेको छ । आगामी मंसिर २१ गतेको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ ले शुक्रवार घोराही उपमहानगरपालिका वडा नम्बर १९ साबिक सैघा गाविसका विभिन्न गाउहरुमा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेशप्रसाद आचार्यलगायतका टोलीले सैघाका मतदातासँग भेटघाट गरेको हो । गाउँमा पुगेको टोलीले मतदाताहरुको गुनासाहरु सुन्दै गाउँको विकसका लागि योजना बनाएर अघि बढने उम्मेदवार आचार्यले बताएका थिए । स्थानीयवासीहरुले भेटघाटका क्रममा उम्मेदवारहरु चुनावका समयमा आउने तर चुनाव सकिएपछि पुन मुख नदेखाउने गरेको गुनासो गरेका थिए ।
त्यसैले उम्मेदवार आचार्यले मतदाताहरुलाई ठुला दलका झुटा आश्वासनमा नपर्न र देशलाई संघियतावाद बचाउन आफुलाई मतदान गर्न आग्रह गरेका थिए । जनताको अधिकार र राष्ट्रिय स्वाभिमानका लागि लड्ने पार्टी राष्ट्रिय जनमोर्चा भएकाले बताए ।
जनताको अधिकारको रक्षाका लागि राष्ट्रिय जनमोर्चालाई बिजयी गराउनु भन्दै उनले ठुला नेताको भ्रममा नपर्न समेत आग्रह गरेका थिए । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य खडानन्द खनाल प्रचार प्रसार समिति सद्स्य मनिराम खनाल, हरि खरेल, टोपाराम भट्टराई, रामकुमार चौधरी, मंगल घर्ती, कृष्ण बिक, बालाराम कालाथोकीलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*