Home / समाचार / महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइदै

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइदै

घोराही,७ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान ‘लोकतान्त्रिक गणतान्त्रामक नेपालको मुल आचार,महिला हिंसा मुक्त बाच्न पाउने अधिकार’ भन्ने नाराका साथ मनाईने भएको छ । सरोकारवाला निकायहरुको सहकार्यमा सचेतनाका माध्यमवाट जिल्लामा महिला हिंसा विरुद्ध हुने सवै खाले हिंसा न्यूनीकरण गर्नका लागि अभियानलाई जिल्लाव्यापी रुपमा कार्यक्रम मनाइने भएको हो ।
अभियानका क्रममा यहि मंसिर नौ गतेदेखि २४ गतेसम्म गरिने कार्यक्रमका बारेमा आरेक नेपालले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानका बारेमा पत्रकारहरुलाई जानकारी गराएको हो । जसअन्तर्गत जिल्लाका सरोकारवालाहरुको सहकार्यमा घोराहीमा महिला हिंसा विरुद्धको दिवसको पहिलो दिन जिल्लामा समन्वय गरेर गरेर मनाउने,ओरेक नेपाल र महिला मानवअधिकार रक्षक संजालको सहकार्यमा १० गते महिला हिंसा र कानूनी प्रावधान बिषयक दुई दिने महिलाहरुका लागि गोष्ठी, तुलसीपुर उपमहानगरपालिका र ओरेकको सहकार्यमा ११ गते तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा महिला हिंसा र न्यायीक प्रक्रियामा महिलाको पहुँज विषयक अन्तरक्रिया कार्यक्रम गरिने भएको ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक तुल्सा गिरीले जानकारी दिईन ।
त्यस्तै ओरेक नेपालको आयोजनामा १२ गते तुलसीपुर–१० मा दिगो विकास लक्ष्य कार्यन्वयन विषयक छलफल,ओरेक नेपाल र महिला मानव अधिकार रक्षक संजालको आयोजनामा १३ गते घोराहीमा महिला मानव अधिकार रक्षक दिवस पारेर दिगो लक्ष्य प्राप्तीका लागि लंैगिक समानता र महिला शसक्तिकरण बिषयक अन्तरक्रिया,ओरेक र जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ गते घोराही उपमहानगरपालिका–१ हर्नाेकमा यौन तथा प्रजनन् महिला स्वास्थ्य शिविर, ओरेक नेपाल र महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा १५ गते तुलसीपुरको पड्ढामा महिला हिंसा र महिला स्वास्थ्य बिषयक दुई दिने गोष्ठी गर्ने भएको छ ।
यसैगरी अपांग समाज सुधार केन्द्रको आयोजनामा १७ गते तुलसीपुरमा अपांगता भएका व्यक्तिहरुको समस्या र चुनौति बिषयक कार्यक्रम,ओरेक नेपालको आयोजनामा १८ गते मानपुरमा हिंसा प्रभावित महिला र बालबालिकाहरुको अवस्था र न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया,१९ गते शान्तिनगर गाउँपालिकामा हिंसा प्रभावित महिला र बालबालिकाहरुको अवस्था र न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया हुने भएको छ ।

महिला हिंसा न्यूनीकरणलाई कमी गर्ने उद्देश्यले सरोकारवाला संघस्थाहरुले २० गते शहिद महिला अधिकारकर्मीहरुको सम्झनामा दिप प्रज्वलन,२२ गते जेष्ठ नागरिकहरुको अवस्था र सामाजिक सुरक्षा बिषयक अन्तरक्रिया,२३ गते गुरुजजुर माध्यामिक विद्यालयमा किशोर किशोरीलाई महिला हिंसा र यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी सूचना दिनेकालागि एक दिने भेला र २४ गते मानव अधिकार दिवसको अवसरमा घोराहीमा ¥याली र अन्तरक्रियाको आयोजना गरि समापन गरिने ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक गिरीले जानकारी दिइन ।
कार्यक्रममा महिला मानवअधिकार रक्षककी केन्द्रीय सचिव लक्ष्मी आचार्य,नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनलगायतले महिला हिंसा न्यूनिकरणकालगि कानूनी व्यवस्थालाई कडाईका साथ लागु गर्नुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन ओरेक नेपालकी पद्ममा चौधरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*