Home / समाचार / वडा–वडामा कांग्रेसको प्रचार समिति

वडा–वडामा कांग्रेसको प्रचार समिति

दाङ, २६ कार्तिक
नेपाली कांग्रेसले वडा तहहरुमा प्रचार प्रसार समिति गठन गरेर स्थानिय स्तरमा प्रचार प्रसार गर्ने रणनिति तय गरेको छ । अहिले अधिकांश वडा तथा गांउहरुमा चुनाव प्रचार प्रसार समिति गठन भईरहेका छन् । यसै क्रममा तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।

वडा सभापति टोपेन्द्रराज रेग्मीको सभापतित्व, कांग्रेस नेता यम वहादुर वस्नेतको प्रमुख आतिथ्य एवं कांग्रेस नेता तथा वडा अध्यक्ष चित्र वहादुर वलीको विशिष्ट आतिथ्यमा भएको भेलाले वडा सभापति टोपेन्द्रराज रेग्मीको संयोजकत्वमा १०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

भेलामा कांग्रेस क्षेत्रिय सचिवव खिम वहादुर वली, पुर्व ईकाइ सभापति अर्जुन केसी, वडा सदस्य निर्मा चौधरी, स्थानिय नेताहरु नेत्रमणी शर्मा, घमण्ड वहादुर मल्ल लगायतले नेपाली कांग्रेसलाई विजयी वनाउन प्रचार प्रसार अभियानलाई व्यापक वनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ३ तथा साविक वडा नम्वर १ र १० मा पनि प्रचार प्रसार समिति गठन गरिएको छ । साविक वडा सभापति खेमलाल महताराको सभापतित्वमा भएको भेलाले महताराको संयोजकत्वमा ९१ सदस्यीय मुल प्रचार प्रसार समिति गठन गरेको छ भने राजेन्द्र गुरुङको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । जसको उप संयोजकमा मोहन वली रहनु भएको छ ।

यस्तै सन्तु वलीको संयोजकत्वमा ५१ सदस्यीय महिला प्रचार प्रसार समिति गठन गरिएको छ , जसको उप संयोजकमा दिपा वली रहनु भएको छ । भेलामा पुर्व वडा अध्यक्ष थम्मन प्रसाद पाण्डे, कांग्रेस पुर्व क्षेत्रिय सदस्य श्यामराज महतारा लगायतले आफ्नो सुझाव राख्नु भएको थियो ।

यसैगरि साविक वडा नम्वर १० मा भएको भेलाले झुपलाल वलीको संयोजकत्वमा १०१ सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरेको छ । जस उप संयोजक तथा लेखा संयोजकमा हुम वहादुर विक रहनु भएको छ । यस्तै रेशम कुमार मल्लको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ भने जिवकली खरालको संयोजकत्वमा ५१ सदस्यीय महिला प्रचार प्रसार समिति गठन गरिएको छ ।

साविक वडा ईकाइ उपसभापति भि वहादुर वलीको सभापतित्व एवं कांग्रेस जिल्ला सदस्य चन्द्रकान्त खरेलको प्रमुख आतिथ्यमा भएको भेलामा साविक ७ का ईकाइ सभापति विष्णु मल्ल, साविक १ का खेमलाल महतारा, क्षेत्रिय प्रतिनिधि राजन खड्का लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

यसैगरि तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ९ मा ईकाइ सभापति वलिराम केसीको संयोजकत्वमा ८९ सदस्यीय मुल प्रचार प्रसार समिति गठन गरिएको छ । यस्तै महिला संघ जिल्ला सदस्य टिकादेवि ढकालको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन समिति गठन गरिएको छ भने नेविसंघ जिल्ला सदस्य घनश्याम भण्डारी संयोजक र तरुण दल वडा अध्यक्ष विष्णु खत्री सह संयोजक रहेको ७५ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ ।

यस्तै निमाकान्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अनुगमण तथा अनुशासन समिति गठन गरिएको वडा सभापति वलिराम केसीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*