Home / खेलकुद / लखन थापा स्मृति कप फुटबल सुरु

लखन थापा स्मृति कप फुटबल सुरु

लक्ष्मण बस्नेत

दाङ,२ फागुन। प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ आईतवारदेखि सुरु भएको छ ।

नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापनमा दाङ तुलसीपुर अरनिको मैदान संचालित प्रतियोगिताको माननीय सभासद हिराचन्द्र केसीले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले सिङ्गो खेल क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लगे मात्र खेलकुद ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताएका थिए ।

त्यस्तै बिशिस्ट अतिथी तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले खेलकुदको सहर तुलसीपुरलाई खेलकुदको हवको रुपमा बिकास गर्ने लक्ष्यका उपमहानगर अगाडि बढेको बताएका हुन । ‘स्थानियस्तरबाट खेलकुदको बिकास गर्नुपर्छ भन्ने लक्ष्य र उदेश्यका साथ अगाडि बढेका छौ’–उनले भने–‘ यसमा सबैको चासो र चिन्तनको आबश्यक्ता छ ।’

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तिमगरले खेलकुदको उच्च आदर्शलाई आत्म साथ गर्दै खेल बिकासमा जुट्नु पर्ने बताए । जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।

यसैबिच प्रतियोगिता संचालन मुल समितीका संयोजक घनश्याम पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खलु पुन, गोरखा माबी तुलसीपुरका प्राचार्य बिजय जिएमले नेपालका प्रथम सहिद लखन थापाको सम्झना र सम्मानका लागि आयोजना गरिएको प्रतियोगितालाई भब्य, सभ्य र बिबाद रहित बनाउन सबैमा आग्रह गरेका थिए ।

प्रतियोगिताका प्राबिधिक उपसमिती संयोजक ईन्द्र पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विभिन्न झाकी जुलुससहित आएका मगर संस्कृती झल्कने नृत्य हरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन नेपाल मगर संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष रामकुमार घर्ती र एचआर मगरले गरेका थिए ।

यसैबिच स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा युनाईटेड युथ क्लब तुलसीपुरले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बिजौरी फुटबल क्लबलाई सुन्यका बिरुद्ध १ गोल अन्तरले पाखा लगाउदै युनाइटेडले बिजयी यात्रा सुरु गरेको हो ।

प्रतियोगिता अन्तरगत सोमबार तुलसीपुर ४ खाद्रे र शान्तिनगर गाउँपालिकाबिच हुनेछ । खेल बिहान ८ बजे सुरु हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुनले जानकारी दिएका छन् । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, डिएन दहाल, बिनोद बिक, सुरेन्द्र चौधरी र आदेश केसी रहेका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीयस्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*