Home / Feature Breaking news / पर्यटकिय आकर्षणको केन्द्र बन्दै देउखुरीको कुलपानी

पर्यटकिय आकर्षणको केन्द्र बन्दै देउखुरीको कुलपानी

तिर्थराज ज्ञवाली
देउखुरी (बडहरा), २६ भदौ । देउखुरीको गढवामा रहेको कुलपानी क्षेत्र पछिल्लो समय पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ । गढवा गाउँपालिका–१ मा पर्ने कुलपानी सामुदायिक वन समुहभित्र पर्ने धार्मिक क्षेत्रलाई आकर्षणको केन्द्रका रुपमा विकास गर्न थालेको हो ।

वन वातावरणको संरक्षण गर्दै पर्या–पर्यटनको विकासका लागि सरोकारवालाहरुसंगको सहयोगमा वडहरा धार्मीक तथा पर्यटकीय स्थलको विकासमा काम भैरहेको छ । रमणीय ताल तलैया, धार्मीक मठ मन्दिर तथा आकर्षक बगैचाको परिकल्पनाको साथ उदाहरणीय निर्माण कार्यको थालनी गरिएको छ ।

जिल्लाकै नमुना सामुदायिक वनको रुपमा परिचित वन समुहले स्थानिय गाउँपालिका, वन कार्यालय, उद्योग ब्यवसायी, सहयोगी ब्यक्तिको सहयोगमा पार्कको विकास गरिरहेको छ ।

उक्त पार्क स्थापनामा सहयोग गर्न समुहकोतर्फवाट सहयोगको आव्हान समेत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले कुलपानीको विकासको काम भैरहेको बताए । कुलपानी क्षेत्र गढवाकै नमूना स्थान भएको भन्दै यसको विकास लागि गाउँपालिकाले पहल गर्ने समेत बताए ।

वन समुहका अध्यक्ष नमराज शर्माले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास लागि काम गरिरहेको बताएका थिए । यो क्षेत्र दाङ क्षेत्रकै नमुना योग्य धार्मीक तथा पर्यटकीय स्थलको सम्भावना बोकेको क्षेत्र रहेको भन्दै यसलाई विकास गर्न सके पर्यटकिय आकर्षणको केन्द्र बन्ने बताए ।

कालाकाटे गढवा सडक खण्डको कालाकाटेदेखी ४ किलोमिटर पश्चिम पर्ने सो रमणीय क्षेत्रमा समुहले प्राकृतिक सौन्दर्यताको संरक्षण गर्दै ताल, बगैचा, मन्दिर, पार्क, पैदल मार्ग, बन्यजन्तुको संरक्षण, रुख टावरलगायतको संरचनाको संरक्षण गर्दै निर्माणकार्य सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*