Home / Feature Breaking news / दलित संघ क्षेत्र नं. ३ को आयोजनामा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण

दलित संघ क्षेत्र नं. ३ को आयोजनामा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण

दाङ,२ फागुन । नेपाल दलित संघ दाङ क्षेत्र नम्बर ३ को आयोजनामा प्रशिक्षण कार्यक्रम नारायणपुरमा सम्पन्न भएको छ ।
दलित संघ क्षेत्रिय समितिको आयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम विहीवार नारमयणपुरमा सम्पन्न भएको हो ।

दलित संघका क्षेत्रिय अध्यक्ष सरद विश्वकर्माको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति कृर्तिबहादुर खड्का प्रमुख आतिथ्य र नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले जातिय छुवाछुतको धेरै हदसम्म अन्त्य भएको भन्दै यश विषयमा दलित समुदाय नै सचेत भएर अगाडि बढ्नुपर्ने बताएका थिए । साथै यस्ता प्रशिक्षणले संगठनलाई बलियो बनाउने र संगठन बलियो भए पार्टी बलियो हुने उनीहरूको भनाई थियो ।
कार्यक्रममा

कार्यक्रमममा काग्रेसका महाधिवेशन प्रतिनिधि भरतबहादर न्यौपाने, काग्रेस नेता हरि रजौरे, दलित संघ दाङका संस्थापक उपाध्यक्ष खड्गबहादुर विश्वकर्मा, दलित संघका केन्द्रीय सचिव देवका नेपाली, दलित संघका केन्द्रीय सदस्य टोपेन्द्र विश्वकर्मा, नेपाली काग्रेसका जिल्ला सदस्य निर्मल न्यौपाने, दलित संघ दाङका अध्यक्ष बाबुराम बिक, नेपाली काग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डे, नेपाल विद्दार्थी संघ दाङ क्षेत्र नम्बर ३ कम निवर्तमान सभापति तिलक रावत, जिल्ला सामन्वय समिति दाङका सदस्य लोका बिक, दलित संघ दाङका सदस्य डण्डीराम विश्वकर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

दलित संघ दाङका जिल्ला सदस्य नक्षेत्र वि।कको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण दलित संघका जिल्ला उपाध्यक्ष प्रकाश नेपालीले गरेका थिए । प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा बमबहादुर डिसी र यज्ञ नारायण आचार्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*